इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा युभेन्ट्स लेसीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
लेसीको मैदानमा सुभएको खेलमा युभेन्ट्सले पाउलो डिबालाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।
डिबालाले ५० औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । तर, खेलको ५६ औं मिनेटमा मार्को मन्कोसुले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरी फर्काए ।
यो बराबरीसँगै साविकको विजेता समेत रहेको युभेन्ट्सले ९ खेलमा २३ अंक जोडेको छ । र, युभेन्ट्स शीर्ष स्थानमा यथावत रहेको छ ।लेसीले भने ९ खेलमा ८ अंक जोडेको छ ।