तोकिएभन्दा बढी शुल्क असुलेका मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई पैसा फिर्ता गर्न सरकारले दिएको समयसीमा सकिएको छ । एक महिनाअघि गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको बैठकले ७ कात्तिकभित्र कलेजले शुल्क फिर्ता गरिसक्न निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुनै पनि मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।