फिफा वरीयतामा नेपाल ६ स्थान तल खस्कियो, शीर्ष स्थानमा बेल्जियम यथावत

फाइल तस्बिर

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरीयतामा नेपाल ६ स्थान तल खस्किएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६७ औँ स्थानमा पुगेको हो ।

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको नेपाल वरीयतामा ६ स्थान तल खस्किएको हो ।

दक्षिण एसियाली फुटबलमा भारत दुई स्थान तल गर्दै १ सय ६औँ स्थानमा पुगेको छ । माल्दिभ्स एक स्थान तल झरेर १ सय ५४औँ स्थानमा पुगेको छ । यता बंगलादेशले तीन स्थान सुधार गर्दै १ सय ८४औँ स्थान बनाउँदा श्रीलंका एक स्थान तल झर्दै २ सय ३औँ स्थानमा छ ।

भुटान चार स्थान तल झर्दै १ सय ८९औ स्थानमा पुगेको छ भने पाकिस्तान दुई स्थान सुधार गर्दै २ सय १औँ स्थानमा रहेको छ ।

विश्व वरीयताको शीर्ष स्थानमा भने बेल्जियम, फ्रान्स, ब्राजिल र इंग्ल्याण्ड यथावत रहदै क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथौ स्थानमा रहेको छ । उरुग्वेले एक स्थान सुधार गर्दै पाँचौं स्थान बनाएको छ । पोर्चुगल छैटौं स्थानमा हुँदा क्रोएशिया सातौं, स्पेन आठौं, अर्जेन्टिना नवाूं तथा कोलम्बिया १०औं स्थानमा छ ।

प्रकाशित मिति: : 2019-10-24 15:31:18

प्रतिकृया दिनुहोस्