सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २० को देवपुरा रुपैठाबाट १० किलो चाँदी बरामद गरेको छ ।
बुधबार दिउँसो तस्करले भारततर्फ लान लागेको १० किलो अवैध चाँदी बरामद गरिएको धनुषाका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेतीले जानकारी दिए ।
प्रहरीका अनुसार तस्करले प्रहरीलाई देखेपछि ना ४७ प २७२७ नम्बरको मोटरसाइकल छाडेर भागेका थिए । उक्त मोटरसाइकलमा चेकजाँच गर्दा दुई ओटा प्याकेटमा लुकाएर राखिएको चाँदी फेला परेको एसपी उप्रेतीले बताए ।
बरामद भएको चाँदी र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।