स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीचको पहिलो एल क्लासिको आगामी १८ डिसेम्बरमा गराउने भएको छ ।
यसअघि रियल मड्रिड र बार्सिलोनाको उक्त खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ हुने तय भएको थियो।
क्याटलोनियामा आन्दोलनकारी र सुरक्षाकर्मीबीच बेलाबेलामा झडप भइरहने भन्दै सुरक्षको नभएको कारण महासंघले एल क्लासिको रियल मड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो । तर, दुवै क्लबले सो प्रस्तावलाई अस्विकार गरेको थिए ।
स्थगित खेललाई पुन खेलाउन महासंघले गरेको गरेको बैठकमा मड्रिड र बार्सिलोना दुबैले १८ डिसेम्बरमा खेल्ने प्रस्ताव गरेपछि ला लिगाको प्रतियोगिता स्वीकार गरेको छ ।
यो खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।