पूर्व कप्तान गांगुली बीसीसीआईको नयाँ अध्यक्ष

तस्बिरः एजेन्सी

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) को नयाँ अध्यक्ष नियुक्त भएका छन् ।

मुम्बईमा बसेको बीसीसीआईको बैठकले गांगुली ३९ औं अध्यक्षका रुपमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष गांगुलीले सन् २०२० को जुलाईसम्म बीसीसीआईको अध्यक्ष पद सम्हाल्नेछन् ।

गागुंलीले संघका अफिसर एन गोपालस्वामीको उपस्थितिमा अध्यक्ष पद ग्रहण गरेका छन् ।

“म पूर्ण सन्तुष्ट छु किनकि हामीले बीसीसीआई छाड्दैछौँ । सौरभ गांगुली हाम्रो सफल कप्तानमध्ये एक हुन्,’ सीओएका प्रमुख विनोद रायले भने, ‘अध्यक्ष पद सम्हाल्न उनीजस्तो राम्रो अरु कोही छैन ।’

प्रकाशित मिति: : 2019-10-23 15:33:33

प्रतिकृया दिनुहोस्