शुक्रबार, १७ जुलाई २०२६

देशको लागि बलिदान दिन तयार छोरीहरु (तस्बिरहरू)

नौ महिनाको तालिममा १ सय १ जना (छोरी) युवतीहरुले सेनाको तालिम सफलता पूर्वक सम्पन्न गरेका हुन्। तालिममा उत्कृष्ट हुने रोजिना कार्कीलाई कार्यक्रममा प्रमुख अतिथि सहायकरथि ध्रुवकुमार कार्कीले पुरस्कार स्वरुप खुकुरी र सम्मान पत्र प्रदान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

नयाँ भर्ना भएका सेनाको आधार तालिम सम्पन्न

नेपाली सेनामा भर्ना भएका सात सय ५४ महिलासहित तीन हजार आठ सय ८७ जनशक्तिले सैन्य आधार तालिम पूरा गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले देशका विभिन्न २६ स्थानमा गत भदौ ३ गतेदेखि सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको जनाएको हो। तालिम समापनका अवसरमा सैन्य जवानलाई अन्तिम दलेल कवाज प्रदर्शनीसगै दीक्षित गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मनसुनजन्य विपद‍्मा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता

सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। नजिकैको खोलामा डुबेर बेपत्ता भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका—५ का १५ वर्षीया लक्ष्मी बोगटी, १७ वर्षीया आरती बोगटी र १७ वर्षीया सिर्जना बोगटीको शव आज फेला पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका—१ मोतीबस्तीकी सङ्गीता धानुकका सातमहिने छोरा सोलुको कोठामा पसेको बाढीमा डुबेर मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका—९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय अजय रानाको प्रहरीले खोजी गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

‘नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरुसँगको छलफलका क्रममा उनले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्नेगरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्नेमा जोड दिइन्। आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रूपमा अघि बढाउन नीति र कानुन निर्माणमा जोड दिएको पनि उनले स्पष्ट गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारी वर्षाका कारण कञ्चनपुरका अधिकांश ठाउँ डुबानमा, १७ सय जनालाई सुरक्षित स्थानमा सारियाे

निरन्तरकाे वर्षाका कारण जिल्ला सदरमुकामसहित पुनर्वास, बेलाैरी, बेलडाँडी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, वेतकाेट, भिमदत्त र दाेधारा चाँदनीका अधिकाश ठाउँ डुबानमा परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सुदूरपश्चिमका मुख्यमन्त्री सोदारिलाई राजीनामा दिन काँग्रेस-एमालेको माग

आइतबार काँग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हो। केन्द्रमा समीकरण परिवर्तन भएसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो

बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ। आज अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ। लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खजुरा

पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा बागलुङ–बेनी– जोमसोम सडक अवरुद्ध भएको छ। कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पका रूपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो। बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ। नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ। प्रहरीले लगातारको वर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्। प्रदेशसभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

मधेश सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै

मधेश प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

लुम्बिनी प्रदेशको सरकारबाट बाहिरियो एमाले

नेकपा (एमाले)ले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

वर्षाले पुष्पलाल लोकमार्गमा क्षति

वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ। कालोपत्र सम्पन्न भइसकेको गलकोट र बडिगाड खण्डमा पहिरो खसेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

भरूवा बन्दुक सहित पक्राउ

रोल्पाको गंगादेव गाउँपालिका-६ देवलटाकुरा बस्ने ४४ वर्षीय कमल वलीलाई १ थान भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

विराटनगर महानगरद्वारा डेङ्गु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। डेङ्गु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियान सञ्चालन गरेको हो। अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकार भएकाहरुको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बाढीले बगाएर कैलालीमा एक जनाको मृत्यु

कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको आज मृत्यु भएको छ। काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएका थिए। तत्कालै घटनास्थल पुगेको प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलदेखि १० मिटर तल उहाँको शव फेला पारेको मसुरियास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

आगजनी गरेको अभियोगमा पक्राउ

दाङको बङलाचुली गाउँपालिका–५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ