आज साउने संक्रान्ति
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ।
बिएल संवाददाता - काठमाडाैं
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ।
बिएल संवाददाता - काठमाडाैं
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह एवं निर्देशन दिए।
बिएल संवाददाता - मोरङ
काठमाडाैंकाे ठमेलस्थित एक हाेटलबाट लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ। ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र चाइना रेल्वे कम्पनीसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो।
बिएल संवाददाता - सिरहा
धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ। विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ। वागतवानी अधिकृत प्रदीप यादवले हालसम्ममा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिए। उनले भने, 'पानीका अभावमा किसानले ढिलो गरी ब्याड राखेकोले रोपाइँ गर्न पनि केही ढिलो भएको हो। '
बिएल संवाददाता - जनकपुरधाम
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्याएको विशिष्ट योगदानको स्मरण गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैँ
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार बिहान पौने १२ बजे गोलोन्जोर गाउँपालिका-७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक माइक्राे अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नौ महिनाको तालिममा १ सय १ जना (छोरी) युवतीहरुले सेनाको तालिम सफलता पूर्वक सम्पन्न गरेका हुन्। तालिममा उत्कृष्ट हुने रोजिना कार्कीलाई कार्यक्रममा प्रमुख अतिथि सहायकरथि ध्रुवकुमार कार्कीले पुरस्कार स्वरुप खुकुरी र सम्मान पत्र प्रदान गरेका छन्।
बिएल संवाददाता - भक्तपुर
नेपाली सेनामा भर्ना भएका सात सय ५४ महिलासहित तीन हजार आठ सय ८७ जनशक्तिले सैन्य आधार तालिम पूरा गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले देशका विभिन्न २६ स्थानमा गत भदौ ३ गतेदेखि सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको जनाएको हो। तालिम समापनका अवसरमा सैन्य जवानलाई अन्तिम दलेल कवाज प्रदर्शनीसगै दीक्षित गरिएको थियो।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। नजिकैको खोलामा डुबेर बेपत्ता भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका—५ का १५ वर्षीया लक्ष्मी बोगटी, १७ वर्षीया आरती बोगटी र १७ वर्षीया सिर्जना बोगटीको शव आज फेला पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका—१ मोतीबस्तीकी सङ्गीता धानुकका सातमहिने छोरा सोलुको कोठामा पसेको बाढीमा डुबेर मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका—९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय अजय रानाको प्रहरीले खोजी गरिरहेको छ।
बिएल संवाददाता - कैलाली
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरुसँगको छलफलका क्रममा उनले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्नेगरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्नेमा जोड दिइन्। आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रूपमा अघि बढाउन नीति र कानुन निर्माणमा जोड दिएको पनि उनले स्पष्ट गरिन्।
बिएल संवाददाता - काठमाडाैँ
निरन्तरकाे वर्षाका कारण जिल्ला सदरमुकामसहित पुनर्वास, बेलाैरी, बेलडाँडी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, वेतकाेट, भिमदत्त र दाेधारा चाँदनीका अधिकाश ठाउँ डुबानमा परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
बिएल संवाददाता - धनगढी
आइतबार काँग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हो। केन्द्रमा समीकरण परिवर्तन भएसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ।
बिएल संवाददाता - धनगढी
बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ। आज अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ। लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो।
बिएल संवाददाता - खजुरा
अविरल वर्षाका कारण पहिरो खस्दा बागलुङ–बेनी– जोमसोम सडक अवरुद्ध भएको छ। कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पका रूपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो। बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।
बिएल संवाददाता - गलकोट
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ। नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ। प्रहरीले लगातारको वर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।
बिएल संवाददाता - भक्तपुर
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्। प्रदेशसभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन्।
बिएल संवाददाता - जनकपुरधाम
१ .
२ .
३ .
४ .
५ .