बिएल संवाददाता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह एवं निर्देशन दिए।
मुख्यमन्त्री कार्कीले प्रदेशलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्न पाएकामा खुसी व्यक्त गर्नुहुँदै यसबाट राष्ट्रिय तथ्याङ्क एवं मानचित्रमा प्रदेशको नाम राख्न पाएकामा सबैलाई बधाई एवं शुभकामना दिए। उनले सरकारले आगामी साउनदेखि नागरिकका घरदैलोमा स्वास्थ्य जाँच गर्न विशिष्ट स्वास्थ्यकर्मीको साथमा मोबाइल भ्यानबाट सेवा प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गरे।
'यहाँहरू सबैको सहयोगमा प्रदेशलाई प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्न सकिएको छ। अब बाल विवाह, छुवाछूत, बाल मृत्यु, सुत्केरी मृत्युदर न्यूनीकरण गर्न सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा आवश्यकता छ', उनको भनाइ थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले महामारी आउन नदिनका लागि बालबालिकालाई तोकिएको समयमा सबै खोप दिनुपर्नेमा जोड दिए। उनले प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया र स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई प्रदेशका १४ जिल्लाका एक सय ३७ पालिका खोप सुनिश्चिता भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया