बिएल संवाददाता
नेपालको अध्यागमन विभागले नेपाल छोड्ने नेपालीको एक कहालीलाग्दो तथ्यांक सार्वजनिक गरेको छ।
तथ्यांकअनुुसार सन् २०२३ मा एकै वर्ष १६ लाख तीन हजार आठसय ३६ नेपालीले नेपाल छोडेका छन् ।
त्यसमा पनि स्थायी बसोबासकै लागि नपाल छोड्नेको संख्या ७० हजार नौसय १५ रहेको छ भने अस्थायी बसोबासका लागि नेपाल छोड्नकेो संख्या ९२ हजार तीन ४९ रहेको छ । यो दुबै संख्या जोड्ने हो भने एकै वर्ष नेपाल बाहिर बस्न जानेको संख्या एकलाख ६३ हजार दुई सय ६४ हुन्छ।
नेपालजस्तो खासै ठूलो जनसंख्या नभएको देशबाट एकै वर्ष यतिका संख्यामा नेपालीले देश छोड्नु सामान्य कुरा हैन। अझ त्यसमा पनि नेपालको प्रजनन दर घटेर १.८५ पुगेको छ। एक दम्पतिले दुईजनाभन्दा पनि कम सन्तान जनेमाइरहेको बेला यो तथ्याङ्क आफैंमा डरलाग्दो हो ।
यसैगरी सन् २०२३ मै अध्ययनका लागि एक लाख आठ हजार पाँच सय ४२ नेपालीले देश छोडेका छन् । अध्ययनका लागि देश छोड्ने नेपाली पनि अधिकांश नेपाल नफर्किने नै हो । कुनै न कुनै उपाय निकालेर उनीहरू पनि सुरूमा अस्थायी र अन्तत: स्थायी रूपमै विदेशमै स्थायी बसोबास गर्ने हुन् ।
यो संख्या पनि जोड्ने हो भने त ढिलो चाँडो नेपाल सदाका लागि छोड्ने नेपालीको संख्या सन् २०२३ मा मात्रै दुईलाख ६४ हजार एकसय १६ हुन्छ।
यसैगरी रोजगारीका लागि देश छाड्ने नेपालीको संख्या पनि २०२३ मा आठ लाख आठ हजार चारसय १५ रहेको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया