बिएल संवाददाता
राष्ट्रिय मानवअधिकार आयोगले वार्ता र संवादकै माध्यमबाट सर्लाही घटनाको समाधान खोज्न प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ।
सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशङ्कर शाहको मृत्यु भएकोे घटनालाई लिएर आयोगले प्रदर्शरक्त पक्षलाई वार्ता र सम्वादको माध्यमबाट समाधान खोज्न अनुरोध गरेको हो।
उक्त घटनाको आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले अनुगमन गरिरहेको आयोगले जनाएको छ।
'उक्त घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी कारवाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ', आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी भएको प्रेस विज्ञप्तिमा भनिएको छ, 'भविष्यमा यस प्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न र संयमता अपनाइ शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन आयोग नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्दछ।'
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया