
बिएल संवाददाता
कपिलवस्तुको शिवराज नगरपालिका–६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
वडामा बसोबास गर्दै आउनुभएका चार सयजना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिएका छन्।
वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको अध्यक्ष खाँले बताए। ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनले ज्येष्ठ नागरिकहरूको आशीर्वाद ग्रहण गर्ने प्रत्यास गरिएको बताएका छन्।
वर्षमा एकपटक ज्येष्ठ नागरिकको आशीर्वाद लिने परम्पराको थालनी गरेको बताउँदै वडाअध्यक्ष खाँले यसबाट अझ ऊर्जाशील भएर काम गर्ने हौसला प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
सम्मानित ज्येष्ठ नागरिक तथा पूर्ववडाअध्यक्ष सन्त्रीप्रसाद कुर्मीले ज्येष्ठ नागरिकलाई माया गरेर यसरी सम्मान गरिएकामा धन्यवाद दिएका छन्। उनले आगामी वर्षमा यस्तै रचनात्मक कार्यक्रमबाट ज्येष्ठ नागरिकलाई खुशी पार्न सुझाव दिएका छन्।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया