बिएल संवाददाता
कपिलवस्तुको शिवराज नगरपालिका–६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
वडामा बसोबास गर्दै आउनुभएका चार सयजना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिएका छन्।
वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको अध्यक्ष खाँले बताए। ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनले ज्येष्ठ नागरिकहरूको आशीर्वाद ग्रहण गर्ने प्रत्यास गरिएको बताएका छन्।
वर्षमा एकपटक ज्येष्ठ नागरिकको आशीर्वाद लिने परम्पराको थालनी गरेको बताउँदै वडाअध्यक्ष खाँले यसबाट अझ ऊर्जाशील भएर काम गर्ने हौसला प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
सम्मानित ज्येष्ठ नागरिक तथा पूर्ववडाअध्यक्ष सन्त्रीप्रसाद कुर्मीले ज्येष्ठ नागरिकलाई माया गरेर यसरी सम्मान गरिएकामा धन्यवाद दिएका छन्। उनले आगामी वर्षमा यस्तै रचनात्मक कार्यक्रमबाट ज्येष्ठ नागरिकलाई खुशी पार्न सुझाव दिएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया