बिएल संवाददाता
                                इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजामा हमाससँग युद्ध र वार्ता सँगसँगै अघि बढ्ने बताएका छन्। उनले कसैको दबावमा युद्ध नरोकिने पनि स्पष्ट पारेका छन्।
गाजामा भोकमरी बढेपछि विभिन्न अन्तर्राष्ट्रिय समुदायको दबावपछि दुई दिनअघि इजरायली सेनाले त्यहाँका मानिसका लागि आकाशबाट खानेकुरा खसालिदिएको थियो। सेनाको यो कदमपछि इजरायलका प्रधानमन्त्रीले युद्ध नरोकिने बताएका हुन्।
त्यसअघि हमासको आलोचना गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इजरायललाई गाजामा अन्तिम र निर्णायक लडाईं लड्न भनेका थिए।
इजरायली प्रधानमन्त्री नेतन्याहूले गाजामा न्यूनतम मानवीय सहायता कहिल्यै नरोकेको छ अहिले पनि सहायता पुर्याउने बाटाहरू खुल्ला रहेको दाबी पनि गरेका छन्।
‘अहिले त्यहाँ जेजस्तो परिस्थिति सिर्जना भएको छ त्यो हमास सरकारका कारण भएको हो। त्यसमा इजरायलको कुनै हात छैन’ उनले भनेका छन् ‘मानवीय सहायता पुर्याउनका लागि बाटाहरू सधैं खुला थिए र अहिले पनि छन्।’ 
तर राहत सामग्री वितरणका नाममा सहायता संघसंस्थाहरूले हमासलाई प्रोत्साहन गरेको र पीडितका नामको राहत हमाससम्मै पुर्याएको आरोप पनि उनको छ। गाजामा हमासलाई ‘आत्मसमर्पण’ र बन्धकहरू रिहा नभएसम्म लडाईं नथामिने पनि उनको भनाइ छ। 
‘हामी लडिरहनेछौं। त्यो बेलासम्म युद्ध जारी रहनेछ जबसम्म हामी युद्धका सबै लक्ष्यहरू हासिल गर्नेछैनौं। लडाईं अब त्यो बेलामात्रै थामिनेछ जब हामी जित्नेछौं’ उनले भनेका छन्।
यसबीचमा ब्रिटेनले पनि गाजा क्षेत्रमा राहत पुर्याउनका लागि युद्ध पीडितहरू रहेका केही संवेदनशील क्षेत्रमा सैन्य कारबाही रोक्न अपिल गरेको छ। ब्रिटेनले पनि उनीहरूका लागि खाद्यान्न सामग्री आकाशबाट खसाल्ने योजना बनाएको छ। 
यसअघि इजरायलले केही क्षेत्रमा राहत सामग्री वितरणमा ‘रणनीतिक रोक’ लगाएको थियो। गाजामा अहिले लाखौं बालबालिका कुपोषणले अन्तिम संघर्ष गरिरहेका छन्। त्यस्तै लाखौं मानिस भोक र प्यासले तड्पिरहेका छन्। 
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया