बिएल संवाददाता
गायक राजेशपायल राई र पूर्वपत्नी साङबुङ राईबीच प्रहरीमा मिलापत्र भएको छ।
पूर्वपति गायकले दुर्व्यहार गरेको भन्दै उजुरी लिएर साङबुङ प्रहरी वृत्त तीनकुने पुगेकी थिइन्। प्रहरीमा उजुरी दर्ता नगरी उनीहरूबीच आइतबार मिलापत्र भएको तीनकुने वृत्तका डीएसपी हरि खतिवडाले बताए।
साङबुङले पूर्वपतिलाई प्रहरी कार्यालय झिकाएर आफूमाथि जीउज्यानको खतरा नहुने सुनिश्चित गराउन माग गरेपछि प्रहरीले गायक राईलाई बोलाएर छलफल गराएको हो।
छलफलपछि उनीहरूबीच झै-झगडा गनगर्ने र अब एक-अर्काको जीवनमा हस्तक्षेप नगर्ने सहमति भएको छ।
राजेशपायल र साङबुङका तर्फबाट एक नाबालक छोरा छन्। उनीहरूबीच छोराको विषयमा विवाद हुने गरेको छ। छोरा साङबुङले राखेकी छन् भने खर्च गायक राईले तिर्छन्।
बेलाबेला छोरा लिन दुवैजना एकअर्काको घरमा आउने जाने गर्छन्। सोहीबेला उनीहरूबीच विवाद हुने गरेको छ।
आइतबार प्रहरीमा भएको सहमतिअनुसार अब दुवैजना एकअर्काको घरमा आवतजावत गर्ने छैनन्। छोरालाई एकअर्काको घरमा ल्याउँदा वा लिन जाँदा परिवारका सदस्यलाई पठाउने सहमति भएको प्रहरीले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया