बिएल संवाददाता
प्युठानको सरुमारानी गाउँपालिका-३ गोठेरीकी २८ वर्षीया रुक्मनी बराललाई पूर्वपति लिलबहादुर बरालले गरेका छन्।
ऐरावती गाउँपालिका-२ कात्तिकेका ३० वर्षीय लिलबहादुरले आफू वैदेशिक रोजगारीमा गएका बेला श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेको र विवाह गरेर गएपछि चक्कु प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालका अनुसार प्रहरीले लिलबहादुरलाई घटनास्थलबाटै पक्राउ परेको छ।
लिलबहादुरले प्रहरीलाई दिएको बयानअनुसार उनी इजरायलमा श्रमिकको रुपमा कार्यरत थिए। उनी विदेशमा रहेका बेला श्रीमती परपुरुषसँग लागेको उनको आरोप छ।
रुक्मनीले श्रीमान स्वदेश फर्किनभन्दा केही महिनाअघि मात्र दोस्रो विवाह गरेकी थिइन्। लिलबहादुर असार २४ गते मात्र घर फर्किएका हुन्। रुक्मनीले भने दीपक परियार नामका पुरुषसँग गत वैशाखमा दोस्रो विवाह गरेकी थिइन्।
श्रीमान दिपक १५ दिनअघि कामको सिलसिलामा संखुवासभा गएपछि रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन्।
डिला परियारले बताएअनुसार आज बिहान १० बजेतिर लिलबहादुरले रुक्मनीलाई फोन गरेर भेट्न बोलाए र घरभित्र पुग्नेबित्तिकै चक्कु प्रहार गरी हत्या गरेका हुन्।
लिलबहादुरले प्रहरीलाई बताएअनुसार उनले पूर्व श्रीमती रुक्मनीलाई फेरि घर फर्काउन प्रयास गरेका थिए। तर रुक्मनीले नमानेपछि आफूसँग हत्या गर्नुको विकल्प नभएको बयान उनले दिएका छन्।
रुक्मनी र लिलबहादुरका तर्फबाट एक छोरा र एक छोरी छन्। आमाको हत्या र बाबु पनि जेल जाने भएपछि ६ वर्ष र साढे तीन वर्षका बालबालिकाको बिचल्लीमा परेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया