बिएल संवाददाता
प्युठानको सरुमारानी गाउँपालिका-३ गोठेरीकी २८ वर्षीया रुक्मनी बराललाई पूर्वपति लिलबहादुर बरालले गरेका छन्।
ऐरावती गाउँपालिका-२ कात्तिकेका ३० वर्षीय लिलबहादुरले आफू वैदेशिक रोजगारीमा गएका बेला श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेको र विवाह गरेर गएपछि चक्कु प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालका अनुसार प्रहरीले लिलबहादुरलाई घटनास्थलबाटै पक्राउ परेको छ।
लिलबहादुरले प्रहरीलाई दिएको बयानअनुसार उनी इजरायलमा श्रमिकको रुपमा कार्यरत थिए। उनी विदेशमा रहेका बेला श्रीमती परपुरुषसँग लागेको उनको आरोप छ।
रुक्मनीले श्रीमान स्वदेश फर्किनभन्दा केही महिनाअघि मात्र दोस्रो विवाह गरेकी थिइन्। लिलबहादुर असार २४ गते मात्र घर फर्किएका हुन्। रुक्मनीले भने दीपक परियार नामका पुरुषसँग गत वैशाखमा दोस्रो विवाह गरेकी थिइन्।
श्रीमान दिपक १५ दिनअघि कामको सिलसिलामा संखुवासभा गएपछि रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन्।
डिला परियारले बताएअनुसार आज बिहान १० बजेतिर लिलबहादुरले रुक्मनीलाई फोन गरेर भेट्न बोलाए र घरभित्र पुग्नेबित्तिकै चक्कु प्रहार गरी हत्या गरेका हुन्।
लिलबहादुरले प्रहरीलाई बताएअनुसार उनले पूर्व श्रीमती रुक्मनीलाई फेरि घर फर्काउन प्रयास गरेका थिए। तर रुक्मनीले नमानेपछि आफूसँग हत्या गर्नुको विकल्प नभएको बयान उनले दिएका छन्।
रुक्मनी र लिलबहादुरका तर्फबाट एक छोरा र एक छोरी छन्। आमाको हत्या र बाबु पनि जेल जाने भएपछि ६ वर्ष र साढे तीन वर्षका बालबालिकाको बिचल्लीमा परेका छन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया