बिएल संवाददाता
हिउँदे वर्षा नभएपछि दार्चुलामा यस वर्ष हिउँदेबाली सुक्न थालेको छ।
असोज पहिलो सातादेखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो। खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेपछि कृषक चिन्तित भएका छन्।
लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जाैँ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताएका छन्।
आकासे पानीको भरमा खेती गरिने जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो अधिकांश बाली सुक्न थालेका छन्। जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चन्द्रबहादुर ठगुन्नाले बताए।
सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बाली सुक्न थालेको उनको भनाइ छ।
सिँचाइको सुविधा नभएको उक्त क्षेत्रमा हिउँदेबाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको शैल्यशिखर–७ का अर्का किसान मनिराज जोशीले जानकारी दिएका छन्।
जिल्लाका अन्य क्षेत्रमा बाली सुक्न थालेको किसानले बताएका छन्। कतिपय ठाउँमा सिँचाइका लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ।
खेतीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन्।
गतवर्ष दार्चुलामा १४ हजार १३ मेट्रिकटन गहुँ उत्पादन भएकामा यस वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया