बिएल संवाददाता
महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन फुकुवा भएको छ। आइतबार संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो।
गत वैशाख १९ गते कोइरीलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको थियो।
यसअघि आइतबार नै सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए। संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिए।
कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो।
अदालतबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाको लागि निवेदन दिएपछि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (५) बमोजिम निलम्बन फुकुवा भएको संसद् सचिवालयले जनाएको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया