बिएल संवाददाता
झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ।
यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो। यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो।
सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत रु २८ लाख ६९ हजार चार सय ९०, शिवसताक्षी नगरपालिकाको रु चार लाख ३८ हजार आठ सय ६३ र जनसहभागिता रु ६७ हजार पाँच सय १७ रहेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिएका छन्।
चौबिस मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको उनले बताए। ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको दोमुखामा पर्यटक लक्ष्यित सडकलगायत पूर्वाधार निर्माण भइरहेका छन्।
यहाँ नगरपालिकासँगै प्रदेश र सङ्घीय सरकारले पुल,सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लगानी गरेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया