बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न सोध्ने बेला भएको बताएका छन्। कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई आज कटारीमा सम्बोधन गर्दै उनले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताए।
पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै थापाले आगामी माघ १० गतेसम्म एकपटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरे। “माघ १० गतेसम्म केही उद्घाटन गर्दिन, शिलान्यास गर्दिन, केही बोल्दिन बिहानदेखि बेलुकासम्म काम गर्छु भन्नुभएको छ', महामन्त्री थापाले भने, “हामीलाई बोल्ने मात्रै मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ।'
विसं २०६० देखि आन्दोलन सफल होला, संविधान बन्दा देशमा केही होला भनेर पर्खिएका जनता अहिलेसम्म निराश रहेको नेता थापाको भनाइ थियो। “त्यसैले हामीले अब कामको परिणाम देखाउनुपर्छ', थापाले भने, “२०८४ को चुनाव हारिएला भन्ने होइन, चुनाव हारे पनि केही हुन्न, तर जनतालाई कामको परिणाम देखाउन कांग्रेसले केही गर्नुपर्छ।' भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कांग्रेसको दायित्व रहेको उनले बताए।
कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्गदेम्बेले कांग्रेसले देशलाई अप्ठ्यारो पर्दा भरोसा दिनुपर्ने बताए। गणतन्त्र, सङ्घीयता, समावेशिता, लोकतन्त्रमाथि कुदृष्टि राख्नेप्रति सचेत हुनुपर्ने उनले बताए।
नेतृ डिला सङ्ग्रौलाले तीन तहमा कांग्रेस सरकारमा रहेकाले कांग्रेसले जनताको अधिकार दिन सक्यो की सकेन भन्ने विषयमा छलफल गर्नुपर्ने बताइन्। जिल्ला सभापति हिमाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम पश्चात बन्दसत्रमा सङ्गठनका बारेमा थप छलफल गरिने सम्मेलन आयोजक समितिका संयोजक राजेशचन्द्र श्रेष्ठले बताए।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया