बिएल संवाददाता
बृहत नागरिक आन्दोलनले काठमाडौंको शंखरापुर नगरपालिकास्थित बोझेनीका आदिवासी तामाङहरू ‘अपर तामाकोशी तथा एमसीसी पीडित संघर्ष समिति’को आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ।
एसियाली विकास बैंक र एमसीसीको लगानीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागिरहेको विद्युत प्रसारण लाइन र सबस्टेसन परियोजना अन्यत्र सार्ने मागसहित शान्तिपूर्ण प्रतिरोधमा उत्रिरहेका थिए।
राज्यले प्रहरी परिचालन गरि बोझेनी बस्तीमा धरपकड र गैरकानूनी रूपमा पक्राउ गरेको घटनाले बृहत नागरिक आन्दोलनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।
यस्तै, परियोजनामा संलग्न एसियाली विकास बैंक, एमसीए-नेपाल, नेपाल विद्युत प्राधिकरणलाई स्थानीयबासीको राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनसम्मत माग दाबीको न्यायोचित सुनुवाई गर्न, प्रहरी दमन तुरून्तै बन्द गर्न र पक्राउ गरिएकाहरूलाई बिनाशर्त तत्काल रिहाइ गर्न माग पनि गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,‘रणनीतिक महत्वको भनिएको प्रसारण लाइन र सबस्टेसन निर्माण कार्य अघि बढाउन २०८१ माघ ३ गते बोझेनीमा परिचालित प्रहरीहरूद्वारा जथाभावी कुटपिट र १ वर्षे बालकदेखि ८० वर्षे वृद्धा महिलासमेत १८ जनालाई घरघरैबाट पक्राउ गरिएकोप्रति घोर भत्र्सना गर्दछौं ’
‘आदिवासीहरूको अन्तर्राष्ट्रिय अधिकार अग्रीम जानकारीसहितको मञ्जुरी, एसियाली विकास बैंक र एमसीसीको सामाजिक तथा वातावरणीय नीतिको समेत पालना नगरी स्थानीयवासीहरूलाई आतंकित बनाइ प्रसारण लाइन र सबस्टेसन निर्माण गर्नमा राज्य उद्यत हुनु आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया