बिएल संवाददाता
बृहत नागरिक आन्दोलनले काठमाडौंको शंखरापुर नगरपालिकास्थित बोझेनीका आदिवासी तामाङहरू ‘अपर तामाकोशी तथा एमसीसी पीडित संघर्ष समिति’को आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ।
एसियाली विकास बैंक र एमसीसीको लगानीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागिरहेको विद्युत प्रसारण लाइन र सबस्टेसन परियोजना अन्यत्र सार्ने मागसहित शान्तिपूर्ण प्रतिरोधमा उत्रिरहेका थिए।
राज्यले प्रहरी परिचालन गरि बोझेनी बस्तीमा धरपकड र गैरकानूनी रूपमा पक्राउ गरेको घटनाले बृहत नागरिक आन्दोलनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।
यस्तै, परियोजनामा संलग्न एसियाली विकास बैंक, एमसीए-नेपाल, नेपाल विद्युत प्राधिकरणलाई स्थानीयबासीको राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनसम्मत माग दाबीको न्यायोचित सुनुवाई गर्न, प्रहरी दमन तुरून्तै बन्द गर्न र पक्राउ गरिएकाहरूलाई बिनाशर्त तत्काल रिहाइ गर्न माग पनि गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,‘रणनीतिक महत्वको भनिएको प्रसारण लाइन र सबस्टेसन निर्माण कार्य अघि बढाउन २०८१ माघ ३ गते बोझेनीमा परिचालित प्रहरीहरूद्वारा जथाभावी कुटपिट र १ वर्षे बालकदेखि ८० वर्षे वृद्धा महिलासमेत १८ जनालाई घरघरैबाट पक्राउ गरिएकोप्रति घोर भत्र्सना गर्दछौं ’
‘आदिवासीहरूको अन्तर्राष्ट्रिय अधिकार अग्रीम जानकारीसहितको मञ्जुरी, एसियाली विकास बैंक र एमसीसीको सामाजिक तथा वातावरणीय नीतिको समेत पालना नगरी स्थानीयवासीहरूलाई आतंकित बनाइ प्रसारण लाइन र सबस्टेसन निर्माण गर्नमा राज्य उद्यत हुनु आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया