बिएल संवाददाता
मकवानपुर प्रहरीले गएराति चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–६ बस्ने ४९ वर्षीय भरत गौतमको साथमा रहेको ५१ हजार रुपैयाँ चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा नम्वर वडा नं ६ बस्ने वर्ष ३२ को लाक्पा तामाङ, उदयपुर त्रियुगा नगरपालिका वडा नं। १० बस्ने वर्ष ४२ को प्रेम दोर्जे शेर्पा र धनकुटाको छथर गाउँपालिका वडा नम्वर वडा नं। ३ बस्ने वर्ष ३७ को हेमराज श्रेष्ठ रहेका छन्।
उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, गएराति ११ बजेको समयमा हेटौंडाबाट लोथर जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको बसमा सवार उनीहरुले सोही बसमा सवार गौतमको साथबाट उक्त रकम चोरी गरेका थिए।
साथै प्रहरीले दोर्जे शेर्पाको साथबाट १ लाख ६९ हजार ७१० रुपैयाँ, तामाङको साथबाट ३९ हजार रुपैयाँ र श्रेष्ठको साथबाट ५ हजार ७७० रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए।
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया