बिएल संवाददाता
झापाको शिवसताक्षीमा गएराति भाइको हत्या भएको अभियोगमा दाजु पक्राउ परेका छन्।
शिवसताक्षी–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णक्मार चन्दले जानकारी दिए।
गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो।
उनको टाउकोमा चोट देखिएको छ। दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ। घटनास्थल वरिपरी दाउरा छरिएको र रगत लतपतिएको थियो। उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ।
दुवै दाजुभाइले मादक पदार्थ सेवनगरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुनसक्ने आशंका छ। तीन जना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला हुन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया