बिएल संवाददाता
पछिल्लो समय नेपालीहरूका लागि रोजगारीको गतिलो गन्तव्य बन्दै आएको माल्दिभ्समा महिलाहरूको ठुलो चाड तीजको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना भयो।
नेपालका उदाउँदा लोकप्रिय गायक विन्दु परियार, कमल बिसी ‘माइल्दाई’लगायत अन्य कलाकारको उपस्थिति रहेको सांगेतिक कार्यक्रममा नेपाली गीतको आनन्द उठाउन पाउँदा सबै दंग देखिन्थे।
कार्यक्रम राजधानी अहमदिया अन्तर्राष्ट्रिय स्कुलको हलमा आयोजना भएको थियो। माल्दिभ्समा तीजको उपलक्ष्यमा यति ठुलो कार्यक्रम भएको यो पहिलोपल्ट हो। विदेशमा नेपाली दिदी-बहिनीका लागि कार्यक्रम गर्न पाउँदा खुसी लागेको कलाकार कमल बिसीले बताए।
‘चाड पर्वमा हामीलाई घरको याद आउने गर्छ। आयोजकहरूले विदेशमै रहेका चेलीहरूका लागि यति ठुलो कार्यक्रमको आयोजना गर्नुभयो, यसका लागि धन्यवाद छ,’ अर्की गायिका विन्दु परियारले भनिन्।
‘पर्ख-पर्ख मायालु’ बोलको गीत उनले गाउँदा हल गञ्जिएको थियो।
आयोजक बाँके–बर्दिया राइजिङ स्टारका सन्तोष मगरले कार्यक्रमलाई सफल बनाउन नेपाली चेलीहरूले गरेको प्रयासप्रति खुसी व्यक्त गरे। उनले कार्यक्रमको सफलताले भविष्यमा पनि नेपाली कलाकार माल्दिभ्स भित्र्याउन प्रेरणा मिलेको बताए।
तीजको यस विशेष कार्यक्रमका लागि माल्दिभ्स सरकारले स्विकृति प्रदान गरेको थियो। माल्दिभ्समा हाल ८० हजारको हाराहारीमा नेपालीहरू रोजगारी गर्दै आइरहेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया