बिएल संवाददाता
अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इलाम–९ का ४१ वर्षीय चिरन्जीवी सेन्चुरी र नवलपुर खावासोती–२ का ३१ वर्षीय लेखबहादुर कार्की रहेका छन्।
लागुऔषध ओसारपसार गरिरहेकाे सूचनाका आधारमा उनीहरूलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धानबाट खटिएकाे प्रहरीले भक्तपुरबाट शुक्रबार पक्राउ गरेकाे हाे।
पक्राउ परेका उनीहरूकाे साथबाट ७.६५ लेखेको पाँच राउण्ड गोली रोड भएको म्यग्जीन सहितको पेस्तोल १ थान, ऐ–पेस्तोलमा लाग्ने खाली म्यग्जीन १ थान र लागुऔषध खैरो हेरोइन लेसिलो पदार्थ–५ ग्राम फेला परेकाे छ।
उनीहरूलाई लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक अनुसन्धाको लागि प्रहरी वृत जगती भक्तपुर पठाइएकाे प्रहरी उपरिक्षक मिलन केसीले बताए।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया