बिएल संवाददाता
उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने बताएकी छन्।
सामाजिक न्याय र समानताका लागि नेपाल महिला एकता समाजद्वारा आज शङ्खमूलमा आयोजित १५औँ राष्ट्रिय महिला सम्मेलनमा उनले जग्गाको लालपुर्जासँग बत्ती, पानीलगायत नागरिकका अत्यावश्यकीय सेवासुविधा जोडिएको र लालपुर्जा नहुँदा नागरिक अधिकारबाट वञ्चित हुँदा महिलाहरु बढी पीडित हुनुपरेको धारणा राखिन्।
'जग्गाको लालपुर्जासँग बत्ती, पानीको सेवासुविधा जोडिएको छ। यसले नागरिकहरू अधिकारबाट वञ्चित भए, यो समस्याले देशकै लागि पनि हानि भएको छ। हदबन्दी बढी जग्गा हडप्नेहरूबाट लिएर भूमिहीनलाई दिनुपर्छ। जग्गाको खनजोत गर्नेमा महिलाहरू प्रत्यक्ष रुपमा संलग्न हुन्छन्। जो संलग्न हुन्छ, त्यसैको नाममा जग्गाको लालपुर्जा नहुँदासम्म समस्या रहन्छ', उपसभामुख रानामगरले भनिन्।
नेपाल महिला एकता समाजका अध्यक्ष बिना बुद्धाचार्यले संविधानप्रदत्त नागरिकको मौलिक हक सुनिश्चित गरी आवश्यक व्यवस्थापनका लागि राज्यको ध्यानाकर्षण गराउन उपसभामुख रानामगरलाई ज्ञापनपत्र प्रदान गरिन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया