बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन्। शनिबार काठमाडौँमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन नसकेको बताएका हुन्।
उनले भने,‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौँ। तर संविधानमा लेख्न जति सजिलो भयो त्यसलाई व्यवहारमा प्राप्त गर्ने कुरा त्यति नै कठिन भयो।’
उनले गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन नपारोस् भनेर स्वास्थ्य बीमा अगाडि सारेको बताए। तर स्वास्थ्य बीमाको अवधारणा नै बुझाउन नसकिएको उनको भनाई छ।
उनले भने,‘गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन परेको तथ्यहरूले बताउँछ। यही कुरालाई सम्बोधन गर्नका लागि हामीले स्वास्थ्य बीमा अगाडि सारेको हो। तर स्वास्थ्य बीमाको अवधारणा नै नेपालमा बुझाउन सकिएन प्रधानमन्त्रीलाई पनि बुझाउन सकिएन। नीति निर्मातालाई पनि बुझाउन सकिएन।’
परिवर्तन अभियान नेपालको आयोजना र एसियन मेडिकल स्टुडेन्ट एसोसिएसन नेपालको सहकार्यमा भएका कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ सभापति सबुज बानियाँले स्वास्थ्य क्षेत्रमा राज्य संवेदनशील बन्नुपर्ने धारणा राखे। स्वास्थ्य शिविरको अगुवाइ गरेका कांग्रेस युवा नेता सुशील भट्टले संविधानले नै व्यवस्था गरेको स्वास्थ्य अधिकारलाई राज्यबाट नै दुरुपयोग भएको गुनासो गरे।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया