बिएल संवाददाता
नेपाली कांग्रेसले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ।
आइतबार बिहान बसेकाे संसदीय दलको बैठकले अधिवेशन गरेर सरकारले संसदीय मूल्य मान्यताविरुद्ध र अलोकतान्त्रिक काम गरेको आरोप लगाएको छ।
जनताका समस्याप्रति गैरजिम्मेवार हुँदै सरकारले संसद् अधिवेशन अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
उनले बैठककाे निर्णयबारे जानकारी दिँदै भने, 'प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने सत्तापक्षकाे तर्क लज्जास्पद छन्। संसद्का कुनै पनि काम कारबाही अवरोध गरेको थिएन। सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो। यसको जिम्मा सरकारले नै लिनुपर्दछ। यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ। अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ।’
सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको कांग्रेसले टिप्पणी गरको छ।
कांग्रेसले सहकारी ठगीको विश्वसनीय छानबिनको पक्षमा थप दृढताका साथ उभिने निर्णय गरेको लेखकले बताए।
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया