बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा आइतबारदेखि बैठक सुरु भएकाे केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष लिङ्देनले यस्ताे ब्रिफिङ गरेकाे पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए।
भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा लिङ्देनले चिन्ता व्यक्त गरेकाे प्रवक्ता श्रेष्ठले जानकारी दिए।
लिङ्देनले हरेक काण्डले गर्दा आफ्नाे पार्टीको एजेण्डामा जनमत बढ्दै गएको बताए।
समान विचार भएकाहरूसंग एकता, सहकार्य आवश्यक र सम्भव भएकाे भन्दै उनले भने, ‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौं। राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया