बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा आइतबारदेखि बैठक सुरु भएकाे केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष लिङ्देनले यस्ताे ब्रिफिङ गरेकाे पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए।
भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा लिङ्देनले चिन्ता व्यक्त गरेकाे प्रवक्ता श्रेष्ठले जानकारी दिए।
लिङ्देनले हरेक काण्डले गर्दा आफ्नाे पार्टीको एजेण्डामा जनमत बढ्दै गएको बताए।
समान विचार भएकाहरूसंग एकता, सहकार्य आवश्यक र सम्भव भएकाे भन्दै उनले भने, ‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौं। राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया