बिएल संवाददाता
बामपन्थी नेता सागर पाण्डेय आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको मदन भण्डारी स्पोर्ट एकेडेमीका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेयले आज पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन्।
सिंहदरबारस्थित आजपाको संसदीय दलको कार्यालयमा पाण्डेयलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गर्दै थप उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे।
आजपा अध्यक्ष साहसहित पार्टीका प्रवक्ता चन्द्रभुषण साह, स्थायी कमिटी सदस्य रविन्द्र सिंह, स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र सापकोटा, केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटा, केन्द्रीय सदस्य नारायणप्रसाद पाण्डेलगायतका विशेष सहभागिता रहेको थियो।
बुटवल उपमहानगरपालिका–३ रुपन्देही हाल कामठाडौँ महानगरपालिका–९ निवासी पाण्डेय एमालेको संगठनमा रही विभिन्न जिम्मेवारीमा रही सक्रिय थिए। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको हाल सचिव र विभिन्न सामाजिक संघ संस्थामा समेत पाण्डेय सक्रिय रहेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।
पछिल्लो सयम विभिन्न पार्टी परित्याग गर्दै आजपामा नेताहरु प्रवेश गर्ने लहर चलेको छ। आजपाले स्थानीय एवं सर्वसधारणका मुद्धा उठाउँदै संघर्ष गरिरहेको छ। आजपाले विभिन्न माग गर्दै १० माघमा मधेस बन्दको घोषणासमेत गरेको छ।
यसैबीच आजपा निकटको आम सम्पर्क मञ्चको राष्ट्रिय भेला आउँदो शनिबार काठमाडौँमा हुँदैछ। अनामनगरको तमुबुद्ध सेवा समितिको सभाहलमा सो कार्यक्रम आयोजना गरिएको केन्द्रीय सदस्य एवं कार्यालय सचिव सापकोटाले जनाएका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया