बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नहुने बताएकी छन्।
मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन्।
‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नपर्ने हो। तर यो समितिले पनि व्यक्तिलाई हिरासतमा लौजाँदै गर्दा मानव अधिकार हनन भयो की भएन हेर्न जरुरी छ। साथै यो विषय कानून, न्याय तथा मानव अधिकार समितिको क्षेत्राधिकार भएकाले चर्चा गर्नुपर्ने आवश्यक छ,’ उनले भनिन्, ‘पछिल्लो समय आम नागरिकहरुमाथि जसले प्रश्नगर्छ त्यसलाई राज्यले पक्राउन गर्ने, अनुसन्धानको नाममा थुनामा राख्ने गरेको पाइन्छ यसमा पनि समितिको ध्यान जान जरुरी छ।’
साथै उनले पछिल्लो समय मानव अधिकारको गम्भीर उल्ङ्घनबारे समेत समितिलाई ध्यानाकर्षण गराइन्। उनले तीन वर्ष भन्दा कम सजाय हुने कसुरमा थुन्ने र त्यसपछि मात्र अभियोजन हुने काम हुँदा मानव अधिकारको गम्भीर उल्ङ्घन भएको बताइन्।
आइतबार सामाजिक अभियान्ता आशिका तामाङलाई हतकडी लगाएको तस्बिर सार्वजनिक भएपछि सोविताले सामाजकिक सञ्जालमार्फत प्रहरी ज्यादती बन्द गर्न आग्रह गरेकी थिइन्।
उनले भनेकी थिइन्, ‘यो केवल दुःखद होइन, यो लज्जास्पद हो। यस्तो शासन गर्दैछ सरकार, जहाँ बोल्ने अधिकार त छ, तर सत्य बोल्दा कैद हुन्छ। आखिर, यो देश त शासकको मात्र रहेछ। कुशासनको पराकाष्ठ! आशिका तामाङमाथिको ज्यादती बन्द गर, सरकार!’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया