
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
मंगलबार बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिलालयले जनाएको छ। बठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै छ।
बैठकमा सरकारका नियमित काम कारबाहीका अतिरिक्त सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने सचिवालयले जनायो।
ओलीले आजै एमालेको संसदीय दलको बैठक पनि बोलाएका छन्। सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउसो १ बजे बैठक बस्न लागेको हो।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ।
सङ्घीय संसद्को अधिवेशन यहि माघ १८ गतेबाट सुरु हुँदै छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया