बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) उपमहासचिव वर्षमान पुनलाई साथ लिएर पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन्।
सैनिक हेलिकोप्टरमा तेह्रथुम जान लागेका उनीहरू सोमबार (आज) र मंगलबार तेह्रथुमका तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ।
आज लालीगुराँस नगरपालिका-७ लसुनेस्थित शहीद धनरुपा पार्कको उदघाटन गरेर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराई जाने र आठराई-३ ह्वाकु बगाले शहीद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ।
मंगलबार बिहान आठराई-६ मा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने र प्रचण्डले कन्दङवाको शालीक अनावरण गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।
तेह्रथुमका कार्यक्रम सकेर उनीहरू मंगलबार नै काठमाडौं फर्किने सचिवालयले जनाएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया