बिहिबार, १९ नोभेम्बर २०२६

रविलाई निवासमै पुगेर मुकुल–निशाले दिए बिहेको निम्तो

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री निशा डाँगीले सभापति रवि लामिछानेलाई विवाहको निम्तो दिएका छन्।

मंगलबार उनीहरूले लामिछाने निवास बुढानिलकण्ठ पुगेर बिहेको निम्तो कार्ड दिएका हुन्। निम्तो ग्रहण गर्दै लामिछानेले आफू विवाह समारोहमा सहभागी हुने आश्वासन दिएका छन्।

पार्टीको सहमहामन्त्रीबाट निष्कासनमा परेपछि पहिलोपटक लामिछाने निवास पुगेका ढकालले भेटघाटमा पारिवारिक कुराकानी भएको बताएका छन्। 

त्यस्तै, सभामुख डीपी अर्याललाई पनि प्रत्यक्ष भेटेर निम्तो कार्ड दिएको जोडीले भारत भ्रमणको तयारीमा व्यस्त रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भने भारतबाट फर्किएपछि निम्तो दिने तयारी गरेको छ। उनीहरूले रास्वपाका प्रायः सबै शीर्ष नेताहरूलाई विवाहको निम्तो दिने तयारी गरेका छन्।

लामो समयसम्म गोप्य प्रेम सम्बन्धमा रहेका मुकुल–निशाले अन्ततः प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। उनीहरूले आगामी मंसिर १० गते लगनगाँठो कस्ने भएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!