बुधबार, १८ नोभेम्बर २०२६

आईजीपी विवादः मंसिर ७ गते दुवै पक्षलाई छलफलका लागि झिकाउन आदेश

News Image
• • •

प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि छलफल गर्न यही मंसिर ७ गते दुवै पक्षलाई बोलाइएको छ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

इजलासले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न मंसिर ७ गते दुवै पक्षलाई डाकेको हो।

इजलासले निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भनी बाटोको म्यादबाहेक सूचना म्याद तामेल भएका मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत आधार र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ।

कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

निवेदकले अन्तरिम आदेशसमेत माग गरेकोमा अदालतले दुवै पक्षलाई राखी र सम्बन्धित निर्णय अध्ययन गरेर मात्र अन्तरिम आदेशबारे टुङ्गोमा पुग्नुपर्ने ठहर गरेको छ। 

यस्तो छ आदेश– 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!