बिहिबार, ०५ नोभेम्बर २०२६

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे कार्की

News Image
• • •

नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन्।

अधिवक्ता टीकाबहादुर कुँवरमार्फत रिट लिएर कार्की सर्वोच्च अदालत पुगेका हुन्। 

सरकारले बुधबार कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको थियो।

एआईजी मनोजकुमार केसी आईजीपी नियुक्त भएर कार्यभारसमेत सम्हालिसकेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!