बिएल संवाददाता
प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्राकृतिक विपद्को पीडा, युवाहरू विदेशिनुपर्ने बाध्यता, आर्थिक अवस्था र सुशासनको विषयमा चर्चा गरेका छन्।
विगतका भूकम्प, महामारी तथा आन्दोलनपछिका असहज परिस्थितिको स्मरण गर्दै उनले यस वर्षको विपद्प्रति गहिरो दुःख व्यक्त गरे ।
उनले भने, ‘यो वर्ष पनि रसुवा, नुवाकोट, गोरखालगायतका ठाउँहरूमा भएका प्रलयकारी विनाशको शोक आलो रहँदै दशैं आइपुगेको छ । ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । सरकारले तदारुकताका साथ विस्थापित नागरिकहरूको पुनःस्थापनातर्फ काम गरिरहेको छ ।’
दशैंलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकताको पर्वका रूपमा व्याख्या गर्दै उनले भने, ‘विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादशैंले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् । आर्थिक गतिविधिका हिसाबले समेत बडादशैं नेपालीहरूमाझ सबैभन्दा चलायमान पर्वका रूपमा रहेको छ ।’
रोजगारीका लागि युवाहरू विदेशिनुपरेको तीतो यथार्थलाई औंल्याउँदै उनले चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गएको बताए ।
उनले भने, ‘पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गइरहेको छ। चाडपर्वमा घर फर्कने चाहना हुँदाहुँदै परदेशमा रित्तो निधार लिएर बस्न बाध्य लाखौँ नेपालीहरूको नियति बदल्न हामी सबैको हातेमालो आवश्यक छ । सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ ।’
दशैं कसैका लागि पनि आर्थिक बोझ बन्न नहुने भन्दै उनले नागरिकको आर्थिक सम्पन्नता र मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार अहोरात्र खटिरहेको बताए । आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गरी सभ्य र भव्य रूपमा दशैं मनाउन पनि उनले सबैमा आह्वान गरे ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया