बिएल संवाददाता
रातभर परेको अविरल वर्षाका कारण बीपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ।
शनिबार बिहान बीपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको खण्ड (मंगलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ) वर्षासँगै लेदो माटो र गेग्रान खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक अवरुद्ध भएलगत्तै सुरक्षाकर्मी तथा प्राविधिक टोलीले डोजरको सहायताले लेदो हटाउने कार्य तीव्र पारेका थिए।
सडकमा जम्मा भएको लेदो पन्छाएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका स्थानीय प्रशासनले जनाएको छ। सडक खुले पनि निर्माणाधीन खण्ड भएकाले सावधानीपूर्वक यात्रा गर्न चालकहरूलाई आग्रह गरिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया