बिएल संवाददाता
नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुवात गर्दै अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ।
शुक्रबार जापानको कोरोगी एथलेटिक पार्कमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।
नेपालका सन्दीप जोराले ३४, रोहितकुमार पौडेलले अविजित ३३ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए।
अफगानिस्तानका फरिदुन दाउदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो।
अफगानिस्ताका फैसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रनले ३०–३० तथा नाङ्ग्याल खरोटीले अविजित १७ रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले चार र ललितनारायण राजवंशीले तीन विकेट लिए।
सुखद् सुरुवात गरेको नेपालले समूह ‘ए’ मा दुई अंक जोडेको छ। पराजित अफगानिस्तानको पनि दुई खेलबाट दुई अंक नै छ।
अब नेपालले शनिबार जापानको सामना गर्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया