तलब नपाएपछि कर्मचारीले लगाए वीर अस्पतालमा ताला
वीर अस्पतालका कर्मचारीले तलब नाएपछि अस्पतालको आर्थिक प्रशासन र कर्मचारी प्रशासनमा तालाबन्दी गरेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा कार्यरत कर्मचारीले तालाबन्दी गरेका हुन्। उनीहरुले आठ महिनादेखि तलब नपाएको भन्दै शुक्रबारदेखि तलाबन्दी गरेका थिए।
बिएल संवाददाता - काठमाडौं