बुधबार, १९ नोभेम्बर २०२५

भ्रष्टाचारको अभियोगमा मुड्केचुलाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा 

आयोगले बिहीबार मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दिप नारायण यादवसहित आठ जनाविरुद्ध सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतलमा आज आरोपपत्र दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलसँग अष्ट्रेलियाका राजदूतकाे शिष्टाचार भेट

राष्ट्रपति पौडेलले दक्षिण–पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकाले नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने विश्वास व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै काठमाडौँ महानगर

प्रवक्ता अधिकारीले भने, ‘बन्दै गरेको धरहरा, पिपल्स प्लाजा, आरबी कम्पलेक्स, ताम्राकार हाउस, रञ्जना कम्पलेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन र सुन्धाराको सञ्चय कोष भवन विकल्पका रूपमा छन्। यी स्थानमा पार्किङका लागि महानगरले छलफल गरिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, रूपनीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा दायर

अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार तत्कालीन प्रमुख प्रशासकीय चौधरीसहित  लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध काठमाडौंस्‍थित विशेष अदालतमा मुद्दा दायर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु

भाइरल ज्वरोले सोरुगाँउपालिका–६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका–६ जिमा गाँउका कर्णजित बुमीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

दस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी पनि छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - तेमाल (काभ्रेपलाञ्चोक)

राष्ट्रिय सभा निर्वाचनमा बालेन सहभागी नहुने

सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसकी विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजालबीच प्रतिस्पर्धा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

आजपाद्वारा मधेस बन्द, सयौँ नेता-कार्यकर्ता पक्राउ

बन्दले मधेसको यातायात ठप्प भएको छ। बजार, उद्योग, शिक्षण संस्था आन्दोलनका कारण प्रभावित भएका छन्। मधेसका विभिन्न ठाउँमा बिहानैदेखि सामान्य झडप भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

जिम्मेवार पदमा बसेका व्यक्तिले सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न हुँदैन: प्रधानमन्त्री

पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति सामाजिक सद्भाव र एकतालाई खलबल्याउन र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको जनाउँदै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडाैँमा सवारी दुर्घटनाकाे कहालीलाग्दो अवस्था, ६ महिनामा ८८ ले गुमाए ज्यान

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म पाँच हजार आठ सय ६५ सवारी दुर्घटना हुँदा ८८ जनाले अकालमै ज्यान गुमाउनुपरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा सुरु भयाे मतदान

राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएकाे छ। दाङकाे घाेराहीमा रहेकाे मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

यस वर्षको भूपू सैनिक सम्मेलन इटहरीबाट

त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी सेनाले सम्मेलन  गर्न लागेको हो। पूर्वीपृतना इटहरी,  नम्बर २ हिले,  नम्बर १८ गाइघाट, नम्बर २१  चारआली बाहिनी अड्डा तथा पाँचथरको रणशेर गण र ओखलढुङ्गाको दुर्गा बक्स गणमा आगामी फागुन ३ गते सम्मेलन हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी

भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ। लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रूपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो। विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन्। केही वर्षभित्रमै साना जहाज पुराना भएसँगै यहाँ सञ्चालन हुने जहाज नपाउने र अहिलेको उडान जोखिम भएपछि विमानस्थल विस्तार गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ। धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

सरस्वतीको मूर्ति बनाउन मूर्तिकारको व्यस्तता

जिल्लामा सरस्वती पूजा नजिक आएसँगै मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ। यहाँका मूर्तिकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए। यहाँका विद्यार्थी र शिक्षकले मनाउने विशेष उत्सवका रुपमा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

चिसो छल्न मुस्ताङका विद्यार्थीलाई तनहुँमा ल्याइयाे

मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन्। उक्त गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थी चिसो छल्न तनहुँ आएर अध्ययन गरिरहेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

‘सूदखोर’का २३ हजार फाइल सरकारी लकरमा, पीडितहरू फेरि सडकमा 

न्याय मार्च गर्दै काठमाडौँमा आन्दोलन गर्न आउन लागेको टोलीको ६ बुँदे माग रहेको छ। जसमा मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरु अवैध घोषणा गर्नुपर्ने, जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तनान्तरण बदर गर्नुपर्ने, मिटर ब्याज अपराध सम्बन्धि शक्तिशाली कानुन निर्माण गरी पुर्णाधिकार सहितको अधिकार सम्पन्न न्यायीक आयोगको गठन गर्नुपर्नेलगायत माग रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडाैँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार, आजबाट पद बहाली

माघ ३ गतेको मन्त्री परिषदको निर्णयअनुसार उनी राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिका आएका हुन्। यही निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएर गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं