आइतबार, १६ नोभेम्बर २०२५

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो

रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भैरहवा

माइतीघरमा संयुक्त पार्टीकाे प्रदर्शन, गृहमन्त्री लामिछानेकाे राजीनामा माग

गणतन्त्रात्म व्यवस्थामा जबरजस्त हिन्दु राष्ट्र माग उठिरहेकाे भन्दै धार्मिक स्वतन्त्रतासहित धर्मनिरपेक्षता कायम हुनुपर्ने रिपब्लिक पार्टीका अध्यक्ष भरत गिरीले बताए। साथै उनीहरुले गृहमन्त्री रवि लामिछानेकाे राजीनामासमेत माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सल्यानमा बस दुर्घटना: १४ जना घाइते, चारको अवस्था गम्भीर

रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताए। उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

डोल्पामा ‘राब्ने पूजा’ गरी पुननिर्मित गुम्बा उद्घाटन गरिने 

पन्ध्रौँ शताब्दीमा धार्मिक गुरु टेतोन छेवाङ छुल्ठिमले स्थापना गरेको पाल शेन्तेन थासुङ छोलिङ गुम्बा जीर्ण भएकाले हालै पुननिर्माण गरिएको हो। यसभित्र मूल मूर्तिका रुपमा बुद्ध तोन्पा शेन्राव मिवोको छ। उनी बोन धर्मका संस्थापक हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब एक सातासम्मको मौसम पूर्वानुमान गर्ने तयारी

एक सातासम्मको मौसमी अवस्था जानकारी दिँदा मौसमजन्य विपतका घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको भनाइ छ। एक सातासम्मको मौसम पूर्वानुमान हुँदा किसानहरुलाई बाली लगाउन र भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लागुऔषध कारोबार मुद्दामा फरार रहेका लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

'पहिलादेखि नै हामीलाई सेतो छडी लिएर हिँड्ने बानी पर्यो। त्यसरी हिँड्दा बाटो देखाइदिन आग्रह गर्दा नबोल्ने, बाटो ‘क्रस’ गराइदिन आग्रह गर्दा वास्ता नगर्ने, कहिलेकाहीँ त ‘ह्यारेसमेन्ट’ पनि झेल्नुपरेको थियो', उनले भनिन्, 'प्रविधि हाम्रा लागि पनि बनेको छ। हामीले चलाउन जान्ने हो भने समस्या आफैँ समाधान हुन्छ। प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा सिकेको सीपले हामीलाई सहज भएको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

आयाेगले सम्झायाे निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल चलाउँदा सचेत हुनुहाेस्

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाँच प्रदेशमा वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव हुँदै

पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा भोलिदेखि पाँच दिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा

सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु

सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव सुरु भएको छ। जिल्लाको लिखुपिके गाउँपालिका-१ पिके आधार शिविरमा आजदेखि महोत्सव सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सल्लेरी

अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ: प्रधानमन्त्री

‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु। अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेस सरकारबाट बाहिरियो लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। मधेसमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

साहित्यकार प्रकट पंगेनीको निधन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ। पंगेनीको ७० वर्षको उमेरमा पाेखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक दलमा आबद्ध शिक्षक, कर्मचारीलाई कारबाही गर्न मन्त्री श्रेष्ठले थालिन् छलफल

‘शिक्षा क्षेत्रबाट दलीय राजनीति हटाउने विषयमा त आम सहमति जस्तै भइसकेको छ। अब, कसरी हटाउने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ। मन्त्रालयले प्रमाण जुटाउन चाहिने विवरण निर्वाचन आयोगबाट प्राप्त हुने अपेक्षा गरेको छ’, मन्त्री श्रेष्ठले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरणमा रवि लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो: रमेश खरेलले

‘गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो। सरकारले संवैधानिक छानविन समिति बनाई भुइँमान्छेलाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन्’, उनले भनेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए। प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेलकुद मैदान निर्माणमा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव–इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध रु नौ लाख ९३ हजार नौ सय ४० बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घादिङ खाल्टेको मिनिट्रक दुर्घटनामा घाइते भएका प्रितमको मृत्यु

दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यससँगै आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ, विश्वको दोस्रो प्रदुषित सहर

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७७ एक्यूआइ मापन गरिएको छ। आज काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ। यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं