शनिबार, १५ नोभेम्बर २०२५

सन्दिप लामिछानेको मुद्दामा आजबाट सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। काठमाडाैँ जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन्। फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गए राति त्यसतर्फ प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भद्रपुर

ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ। मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको छ। भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

घर खरानी भएपछि बिचल्ली

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन्। शनिबार लागेको आगोेले उनको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि उनीलगायत टोलका १६ परिवारको बिचल्ली भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - अर्घाखाँची

‘अरनिको राजमार्ग विस्तार निरन्तर’

अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ। आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

थाप्राङ–तिपाङ जोड्ने पुल निर्माण

चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्ग पुल निर्माण सम्पन्न भएको छ। सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

रुसी सेनामा रहेका नेपालीका परिवारले रुसी दुतावास अगाडी प्रदर्शन गर्ने

रुसी सेनामा रहेका नेपालीका परिवारले रुसी दुतावास अगाडी प्रदर्शन गर्ने भएका छन्। भोलि सोमबार काठमाडौँको बालुवाटारस्थित रुसी राजदुतावास अगाडी प्रदर्शन गर्ने भएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

केजरीवाललाई जेलभित्रै मार्न चाहन्छन् मोदी?

‘केन्द्र सरकारले अरविन्द केजरीवाललाई मार्न चाहन्छ। म आज प्रधानमन्त्री र सरकारलाई सोध्न चाहन्छु कि मेरो श्रीमानले के गल्ती गर्नुभयो?,’ उनले भनिन्, ‘उहाँलाई औषधि किन दिइएन। उहाँलाई के आरोपमा जेल पठाइएको हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा, २३ करोड २७ लाख बिगो दाबी

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। पौडेलसँग २३ करोड २७ लाख ४६ हजार ३२४ रूपैयाँ बिगो दाबी गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कतारका अमिरको भ्रमणमा विपीन जोशीको रिहाइकाे मुद्धा उठाउँछु: प्रधानमन्त्री

‘प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुपतापूर्वक भूमिका निर्वाह गरिरहेको छ’, दाहालले भने, ‘आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्नसक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि मागसमेत गरेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

रेशम चौधरीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेकाे छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयुक्त इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा सूचीमा राखिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिम पहिरोपछि गोरखाले प्रशासनले भन्याे- २४ घण्टासम्म जोखिम रहनसक्छ, सतर्कता अपनाउनू

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा आज जारी सूचनामा २४ घण्टासम्म नदीमा पानीको वहावको जोखिम कायम रहनसक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

कतारका अमिरले दुई दिन नेपालको राजकीय भ्रमण गर्ने

कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ। वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन्। कतारका अमिर थानी सोही  दिन काठमाडौँबाट प्रस्थान गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ: प्रधानमन्त्री

‘सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

चालमको बोरामा लागुऔषध भेटिएपछि...

काठमाडौँ भित्रदै गरेको चालमको बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडन नगरपालिका– ११ बस्ने ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका– ११ घर भइ काठमाडौँ बस्ने वर्ष ४७ कै कमल अधिकारी रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अमेरिकी पीआर लिएर नेपालकाे सरकारी पदमा बहला, विकल पौडेलविरुद्ध मुद्दा दायर

सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक पदमा कार्यरत विकलले नेपालको संविधानको धारा २९१ को व्यवस्था विपरित विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको र स्वयं घोषणा गरी विवरण पेश नगरी झुक्याई सरकारी/सार्वजनिक पदमा बहला रहेको, पदावधि थप गर्दा अयोग्य व्यक्तिलाई सिफारिस गरेको उनीमाथि आरोपमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी सरकारबाट बाहिरियाे जसपा, अहिरले दिए राजीनामा

जसपाबाट कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री जोखबहादुर महराले लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै अहिरले शनिबार नै राजीनामा बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिम पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयको आग्रह

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं