यस्ताे आजकाे माैसम
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा दुई सय मिटर जैविक तटबन्ध निर्माण थालिएको छ। शुक्लाफाँटा–२ रानीपुर र वडा नं ३ को पिपलाडीमा जैविक तटबन्ध निर्माण अघि बढाइएको हो।
बिएल संवाददाता - कञ्चनपुर
भक्तपुरको सूर्यविनायक नगरपालिका-१, तर्खगालस्थित ओमसाई गाई फर्ममा आगलागी हुँदा १७ गाई र १ भैँसी जलेर नष्ट भएका छन्।
बिएल संवाददाता - भक्तपुर
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरे। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो।
बिएल संवाददाता - काठमाडाैं
कविता, सुनिल र दीपक मात्र होइन। कतारी राजा थानी आउँदा मंगलबार सरकारले सार्वजनिक बिदा दिएपछि वीर अस्पतालमा ओपिडी सेवा सञ्चालन हुन सकेन। उनीहरु जस्तै दजनौँ बिरामीले उपचार गर्न पाएनन्।
बिएल संवाददाता - काठमाडौँ
उनका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए। राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
केही रोचक पनि बनेको कतारी राजाको यो भ्रमणलाई केही पार्टीहरू र नेताहरूले राजनीतिको अर्को रोचकतासँग पनि गाँसिदिए। गणतन्त्रपछि नेपालमा राजा मागिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कतारी राजाको यो भ्रमणलाई आफ्नो राजनीतिक गर्भसिद्धान्तसँग जोडेर टिकाटिप्पणी गर्नसमेत भ्यायो।
बिएल संवाददाता - काठमाडाैं
लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आएका छन्। कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरुको निर्यात प्रवर्द्धनका लागि पहल गर्ने सुनौलो अवसरका रुपमा लिन सकिने उनीहरुको बुझाइ छ।
बिएल संवाददाता - काठमाडौं
नेपालको दुईदिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी शितल निवास पुगेका छन्। मंगलबार दिउँसाे काठमाडौँ आइपुगेका अमिर थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन्। थानी चढेको विमान मंगलबार दिउँसाे ३:४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।
बिएल संवाददाता - काठमाडौं
लिङदेनले सरकारले अमिर थानीको सम्मानमा आज सार्वजनिक बिदा दिएको र उनलाई २१ तोपको सलामी दिने कार्यक्रम रहेको भन्दै यो राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘भैरहवाबाट कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडान भर्न कतारका अमिरको भ्रमण उपयुक्त अवसर हुनसक्छ। त्यसैले यो विषयलाई प्राथमिकताका साथ उठाएर भैरहवा–दोहा उडानका लागि पहल गर्न सरकारसँग हाम्रो आग्रह छ’, श्रेष्ठले भने।
बिएल संवाददाता - रुपन्देही
फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ। दुर्घटनाग्रस्त एउटा हेलिकप्टरमा सात अर्कोमा तीन जना सवार थिए।
बिएल संवाददाता - क्वालालम्पुर
केपी ४ वर्ष ७ महिना र रुद्रकली ५ वर्ष ६ महिनाका भए। उनीहरू चितवन प्रजनन् केन्द्रमा हुर्किएका हुन् भने तालिम प्राप्त हात्ती पनि हुन्। २०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमणका क्रममा हात्ती उपहार दिने प्रतिबद्धता जनाएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो। एक सातापछि उक्त आगो नियन्त्रणमा आयो। त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ। दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन्। आगलागीले वन्यजन्तु तितरवितर बनेका छन्।
बिएल संवाददाता - बागलुङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनुभए पुग्छ।
बिएल संवाददाता - काठमाडौं
‘सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति/प्रधानमन्त्री तथा अन्य महान् नेताहरूले कतारका राजालाई योर मेजेस्टी भनेर कुन मुखले सम्बोधन गर्छन् होला?’ उनले संसारकै सबैभन्दा ‘पश्चगामी’ मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा ‘अग्रगामी’ देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला? भनेर प्रश्नसमेत गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो। केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए।
बिएल संवाददाता - धादिङ
उनले मंगलबार सामाजिक सञ्जालमा गृहमन्त्री लामिछानेकाे टिप्पणी गर्दै विदेशी राजाका खुट्टा नै ढोक्न जानुभन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .