धादिङको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्याएको छ। घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन्।
वैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाए पनि मकै राम्रो फल्ने आशामा किसान थिए। अहिले उनीहरु निरास बनेका छन्। 'वैशाखको असिना पानीले जौ, गहुँ, केराउ, आलुलगायत बाली नष्ट भयो। अहिले फेरि घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पार्दैछ', झार्लाङका स्थानीय नासुन तामाङले भने, 'महामारीको चक्रमा त फस्यौँ नै। बाली भित्र्याएर जीविका चलाउँला भन्ने आशा पनि रहेन।'
बिएल संवाददाता
- काठमाडाैँ