बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन!
गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ।
बिएल संवाददाता - म्याग्दी
गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ।
बिएल संवाददाता - म्याग्दी
सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३ दशमलव ५४ किलोमिटर सडक मर्मत गरेको छ। उक्त कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसिलिङ कार्य सम्पन्न गरिएको छ। उनले सोही अवधिमा आठ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिइन्।
बिएल संवाददाता - दमौली
असार तेस्रो साताको बाढीबाट जिल्लामा रु एक अर्ब ५० करोडको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो।
बिएल संवाददाता - कञ्चनपुर
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो।
बिएल संवाददाता - गोरखा
पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष कात्तिक २७ गते टिकटकले सामाजिक सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ
अनुयायीहरूबाट प्राप्त दानद्रब्यबाट उनले आश्रमका नाममा अर्बौंको भौतिक सम्पत्ति पनि जोडेका छन्। ती सब सामाजिक र धार्मिक सेवामा प्रयोग भइरहेका छन्। दिवंगत पाइलट बाबाको समाधिस्थलसँगै अखडाको नयाँ उत्ताराधिकारी चयन हुनेछन्। उनको उत्तराधिकारी हुनका लागि दुई महिलासहित चार जना लाइनमा थिए।
बिएल संवाददाता - काठमाडौं
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री र पूर्व सभामुखको सेवा सुविधा खोसिएको छ। बिहीबार बसेको मन्त्रीपरिषद बैठकले पूर्व विशिष्ट व्यक्तिहरुलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - दाङ
‘संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमाले मिलेर सरकार बनेको छ। गत चुनावमा संघ र प्रदेशमा कुनै पनि पार्टीको बहुमत नआउँदा कुनै न कुनै पार्टीसँग नमिली सरकार बन्ने स्थिति आएन। काठमाडाैँमा सरकार परिवर्तन हुँदा सातै प्रदेशका सरकार परिवर्तन हुने स्थितिले सरकारको स्थिरता भएन। त्यसैले सरकारलाई स्थिरता दिन यो समीकरण बन्न पुगेको हो’, उनले भने।
बिएल संवाददाता - सिरहा
उनले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ। विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ। यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ।’
बिएल संवाददाता - काठमाडौं
प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्च आदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजालसले हवकाश हुने सेवा अवधि ३० वर्षमा सिमित नगर्न अन्तरिम आदेश जारी गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
स्वदेश फिर्ता भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान भएको बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। प्रस्ताव सर्वसम्मत स्वीकृत भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
घरजग्गा कारोवार क्रमशःवृद्धि हुँदै गएको र पूँजी बजारमा उल्लेखनीय सुधार आएको तथा निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको ओलीले बताए। राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक संकेत देखिएको हो।
बिएल संवाददाता - काठमाडौं
‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरी काम गर्ने, अथवा प्रतिफल नदेखिने गरी काम गर्ने कुनै सुविधा छैन। कुनै छुट छैन’, उनले भने। उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पारे।
बिएल संवाददाता - काठमाडौं
‘शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिको रुपमा सबै ठाउँमा बोल्दै हिँड्ने सबै ठाउँमा दलगत हुनुपर्छ र राजनीति चाहिन्छ, शिक्षक र प्राध्यापकहरुले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ? अहिलेका प्रधानमन्त्री। जरोमा पनि उही, टुप्पोमा पनि उही। यसमा प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारणचाहिँ के छ? बताईदिनुपर्यो। यो प्रश्नमा मैले सरकारको, कुलपति र प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकार्षण गराए’, उनले भनिन्।
बिएल संवाददाता - काठमाडौं
डा. राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने उनले उजुरीमा उल्लेख गरेका छन्। उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई तत्काल अनुसन्धान गर्न माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी न्याय मन्त्रालयले ६७ वर्षीय चिनियाँ नागरिक युआनजुन ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको जनाएको छ। चिनियाँ नागरिक युआनजुन ताङलाई पनि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप लागेको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आन्दाेलनरत दलित अधिकारकर्मी खरेन्द्र सुनारकाे आवाज दबाउन खाेजिएकाे भन्दै संसद बैठकमा आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘म आफ्नाेतर्फबाट र आफ्नाे दलकाेतर्फबाट सिंगाे सदन र सिंगाे देशलाई जानकारी गराउन चाहन्छु कि भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन। नाे इफ नाे बट, हाम्राे कुरा क्लियर कट। ५ वर्षे लागू हुने छैन’, उनले भने, ‘भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमकाे हदम्याद राखिनु हुँदैन, हामी यसमा स्पष्ट छाैँ।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .