शनिबार, १५ नोभेम्बर २०२५

बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रूपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्। एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवं निर्णायक शक्तिको रूपमा स्थापित गराउन आवश्यक रहेको बताए।  

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

मिसन ८४ मार्फत् एमालेलाई निर्णायक शक्तिमा पुर्याइन्छ: अध्यक्ष ओली

उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक भएकाे बताए। उनले भने, ‘मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ। यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन्। थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

सिराहाका एक जना युवाले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन्। गोली हानेर ती युवक भागेको प्रहरी स्रोतले बताएको छ। गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

डढेलोले काठ जोगाउनै मुस्किल

‘कतिपय जिल्लामा जङ्गलभित्र काटेर राखिएको काठ बिक्री भएका छैनन्। कतिपय स्थानका ढलापढा तथा सुखढ खडा काठहरु यतिकै छन्। पातपतिङ्गर उत्तिकै छन्’, उनले भने, ‘अनि यसले जङ्गलको आगो छिटो फैलाएको छ र जङ्गलमा रहेका काठदाउरा, वन्यजन्तु तथा अन्य जैविक विविधताको संरक्षण कसरी गर्ने? भन्ने चुनौती रहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अङ्ग बनेको बताउँदै प्रधानमन्त्री दाहालले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी

बुद्ध जन्मस्थलमा आयोजित गोष्ठीमा नेपालसहित श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, पोर्चुगल, फान्सलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत  गर्ने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

चन्द्रगिरि नगरपालिका परिसरबाट सुरु हुने पदयात्रा बलम्बु त्रिवेणीघाट, गणेशस्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, मातातीर्थ, मच्छेगाउँ, टौखेल, विष्णुदेवी मन्दिर हुँदै नैकाप खेलमैदानमा समापन हुने छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पत्रकार महासङ्घको २७औँ महाअधिवेशन सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गरेका छन्। महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराउन बिचौलियाको चलखेल: बाहिरबाटै पासपोर्ट छपाइ, २० अर्ब राजस्व हिनामिना

विदेशी कम्पनीलाई छपाइको काम दिँदा करोडौँ रुपैयाँ बाहिर गइरहेको छ। हाल नेपालको अन्तःशुल्कको कामको ठेक्का भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले गर्दै आइरहेको छ। सो कम्पनीले अन्तःशुल्क, स्मार्ट लाइसेन्सलगायतको काम पाउँदा बेलाबेलामा बार्गेनिङ (सौदाबाजी) गर्ने र छपाइको काममा ढिलाइ गर्दै आइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदलाई निर्देशन दिएको छ भने सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ। त्यस्तै राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिन गर्न माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा डढेलोमा परेर महिलाको मृत्यु, दुई घर जले

बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ: मन्त्री शर्मा

उनले आमसञ्चार क्षेत्रको स्वनियमन प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसद्मा दर्ता भएको छ भने आमसञ्चार विधेयक पूर्वविधायिकी चरण पूरा गर्ने प्रक्रियामा रहेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति नेपाल पठाइयो

दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री  पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो। तेह्राैँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ। ती मूर्तिकला धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।  निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदित छ भन्दै राष्ट्रपतिले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताएका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो भन्दै उनले नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज ३१औं विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ। आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री सहभागी कार्यक्रममा पत्रकार चाैधरीमाथि दुर्व्यवाहार 

प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा पत्रकार सहदेव चाैधरीमाथि दुर्व्यवहार भएकाे छ। बिहीबार राष्ट्रिय सभागृहमा सूचना तथा सञ्चार प्रविधि दिवसमाअायाेजित कार्यक्रममा चाैधरीमाथि प्रधानमन्त्री कै सुरक्षाकर्मीले दुर्व्यवहार गरेका हुन्। अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक चाैधरीले तस्बिर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको बताएका छन्। ‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बिर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्बिर खिच्न रोक्दै कार्यक्रम स्थलबाट निकालेर थुन्ने समेतको धम्की दिएको उनले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ