सामाजिक सञ्जाल फेसबुकमा जथाभावि लेखेर प्रहरीकाे नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे–१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहाइ भएका छन्।
काफ्लेले पटक–पटक अप्रमाणी विषयमा चरित्र हत्या हुनेगरि सामाजिक सञ्चालमा तस्बिरसहित लेखेपछि विद्युतीय कारोबार ऐन (साइबर) अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो।
गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, नगर पूर्व प्रमुख दिलिपकुमार राई (किशोर)को फोटो तानेर गम्भीर अपराधी झै आँखामा पट्टी लगाएको फोटोसहित पोष्ट गरेका थिए।
संविधान सभा सदस्य चण्डीप्रसाद राई, पूर्व प्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि यसैगरी पोष्ट गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गशेण प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए।
बिएल संवाददाता
- मोरङ