बिहिबार, २१ अगस्ट २०२५

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

जिल्लाका किसानले यस वर्ष १४ हजार ४ सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार ६ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन्। जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार ५ हजार ८ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार ५ सय ४ मेट्रिकटन उत्पादन भएको हो। यसैगरी, ८ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ। बाढीविद् जोशन महर्जनले चितवन आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले त्यस क्षेत्र आसपासका नदी किनारमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताए। 'हामीले मुलुकभर यतिबेला कहाँ कहाँ भारी वर्षा भइरहेको छ, कहाँ कहाँ नदीको सतह बढिरहेको छ, अवलोकन गरिरहेका छौँ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सञ्चार माध्यममा दलित समुदायको सहभागिता कम भएको गुनासो

आमसञ्चार माध्यममा दलित समुदायको भौतिक सहभागिता कम भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। जसले जसरी दलित समुदायको विषयले आमसञ्चार माध्यममा प्राथामिकता पाउनुपर्ने हो त्यसरी पाउन नसकेको उनीहरूको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘सीमा सुरक्षाको नाममा मधेशमा सैनिकीकरण भइरहेको छ’

‘नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता–जनताबीच सम्बन्ध कायम थियो,’ उनले भने, ‘नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौँको नियम कानुनले मात्रै चल्न सक्दैन। किनकि यहाँ बहुआयामिक सम्बन्ध छ। खुला सीमा अवसर हो दुवै देशको लागि र यहाँका जनता रक्षक हुन्।’

बिएल संवाददाता

बिएल संवाददाता - वीरगन्ज

एसइईको नतिजा भाेलि मात्र सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार मात्रै सार्वजनिक गर्ने भएकाे छ। बोर्डका अनुसार सम्पूर्ण पूरा भइसकेकाे र भोलि बिहान ९ बजेभित्र नतिजा सार्वजनिक गरिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर संघर्ष समितिले थाल्याे धर्ना

मोर्चाले रौतहटको गौरस्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना दिइरहेको छ। मोर्चाका अध्यक्ष एवं जनता आवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा आन्दोलनका कार्यक्रम निरन्तर अगाडि बढिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

‘दैनिक उपभोग्य वस्तुको गुणस्तरसँग सम्झौता हुँदैन’

खाद्य तथा उपभोग्य सामग्रीहरूको गुणस्तर तथा मापदण्डको बारेमा नेपाली कांग्रेसले आम नागरिकको हितलाई ध्यानमा राखेर वस्तुको गुणस्तर र मापदण्ड, उपभोक्ता ऐन, नीति, नियम तय गर्न स्पष्ट दृष्टिकोण पनि आवश्यक रहेको बताउँदै संसद्मा गैर सरकारी विधेयक दर्ता गराउनु पर्नेमा पनि जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्रीको भेट

बुधबार भएकाे भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि वेइडोङले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

लमजुङमा पहिरोमा पुरिएका ४ जनाकाे शव निकालियाे

बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए। प्रहरी र स्थानीयबासीकाे सहयाेगमा बुधबार दिउँसाे ४ जनाकै शव निकालिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘चन्द्रमा मिशन’ मा चीनलाई ठुलो सफलता

चीनको मुन मिशन चन्द्रमाको सतहबाट माटो लिएर पृथ्वीमा पुगेको छ। योसँगै चन्द्रमाको अँध्यारो पक्षबाट नमूना ल्याउन सफल भएको पहिलो देश बनेको छ। चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर क्याप्सुलमा नमूना लिएर ५३ दिनपछि पृथ्वीमा फर्किएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलमग्न विराटनगर (तस्बिरहरू)

मंगलबार रातिदेखि निरन्तर परेकाे वर्षाले विराटनगरका अधिकांश भागहरु जलमग्न भएका छन्। वर्षासँगै आएको बाढीले सयाैँ बस्तीहरू डुबानमा परेकाे स्थानीय प्रशासनले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, ६ जना घाइते

मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेल र चिनियाँ उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताए। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नेपाल आइडल सिजन–५’ विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले परियारलाई बधाई दिँदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ। उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो। गत जेठ २९ गते रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिए। यसको लागत रु सात करोड ७२ लाख रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

भारत–बंगलादेशबीचको ‘रेल ट्रान्जिट’ विवाद, नेपालसँग पनि भएको थिएन सफल

भारतीय रेललाई आफ्नो भूमिमा ट्रान्जिट सुविधा दिने एउटा सम्झौतामाथि बंगलादेशका विपक्षी तथा कैयन उच्च पदस्थहरूले आलोचना गरेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूले ‘देशकै हितका लागि’ यो सम्झौता गरेको सफाइ दिएकी छिन्।  उनले आफूले छिमेकी देशसँगको सम्बन्ध सुधार तथा आफ्नो देश र जनताका लागि पनि फाइदा हुने हिसाबले नै त्यो सम्झौता भएको पनि दाबी गरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढीले एकै परिवारका चारजना बगायो, एकको मृत्यु, दुई बेपत्ता

मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ। मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको हो। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए। यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्। बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुन्दरहरैँचा