बुधबार, १५ जुलाई २०२६

अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी

गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी युनियनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

दीपक मनाङे डिल्लीबजार कारागार चलान

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागार चलान गरिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङेलाई अदालतमा उपस्थित गराइयाे

काठमाडाैँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई अदालतमा उपस्थित गराइएकाे छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मनाङेलाई मंगलबार जिल्ला अदालत काठमाडाैँमा उपस्थित गराइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविसँगकाे भेटपछि रास्वपाले भन्यो– यो देश मेराे पनि हाेइन र?

सन्देशमा भनिएको छ, ‘हामी सबैले आक्रोशका साथ भन्नैपर्छ कि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्यायको चक्रव्यूहमा फसाइएको छ। राज्यका शक्ति सञ्चालकहरूले प्रतिशोधको ज्वाला दन्काउँदै, सभापतिसँगै नागरिकको आशा र वैकल्पिक राजनीतिक शक्तिप्रति विश्वासलाई निमोठ्न चाहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरुद्ध अदालतकाे अवहेलना मुद्धा दर्ताकाे हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रुपन्देहीकाे सरकारी वकिल कार्यालयमा रवि लामिछानेकाे बयान सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ। रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसँग बयान लिन सुरू गरिएकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङेलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगियाे

काठमाडाैँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई अस्पताल लगिएकाे छ। मंगलबार बिहान काठमाडौँको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट स्वास्थ्य जाँचका लागि बसुन्धराको चिरायु अस्पतालमा लगिएकाे हाे।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडौं

प्रहरीलाई निर्देशन गृहमन्त्रीको निर्देशन- सवारी दुर्घटना न्युनीकरण गर्न सक्रियताका साथ खटिनुस्

उनले यात्रु वाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिनलगायत सवारी दुर्घटना न्युनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन महानिरीक्षक कुवँरलाई निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यान्मारकाे नेपाली बस्तीमा सेनाकाे हवाई आक्रमण, ३ जनाको मृत्यु, दर्जनाैँ घाइते

‘क्रूर सेनाले हाम्रो शहरमा राति बम खसालेको छ। हाम्रो टोलका सबै घरहरू बमले उडाएको छ। ब्म लागेर एकजना नेपाली दाजुको पनि मृत्यु भएको छ, धेरै जना घाइते हुनुभएको छ। यहाँको अवस्था साह्रै नराम्रो छ,’ मोगोकका एक नेपालीभाषीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङे सीआईबीमा, अदालतमा उपस्थित गराइँदै

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्‍याइएको छ। आजै बिहान काठमाडौँको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केहीबेरअघि सीआईबी पुर्‍याइएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई बुद्ध एयरमार्फत पाेखराबाट रूपन्देही लगियाे (भिडियाे)

सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही लगिएकाे छ। मंगलबार बिहान पाेखरा विमानस्थलबाट बुद्ध एयरकाे विमानमार्फत रूपन्देही लगिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्युबाली नेता गोञ्जालेज काठमाडौंमाः भेटे माओवादी नेता नारायणकाजीलाई

फर्नान्डो उनै गुप्तचर नेता हुन्, जसलाई अमेरिकाले सन् १९९८ मा पक्रेर डेढ दशकपछि सन् २०१४ मा रिहा गरेको थियो। १५ वर्षको जेल सजाय कटाएर अमेरिकी जेलबाट रिहा भएका क्युबाली ‘पाँच जासुस नेता’लाई क्युवाका तत्कालीन राष्ट्रपति राउल क्यास्ट्रोले राजधानी हवानामा स्वागत गर्दै ‘राष्ट्रनायक’ घोषणा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री

विराटनगरमा सोमबार साँझ पत्रकारहरुको जिज्ञाशामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्धा बनाउन नहुने पनि जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

रास्वपाले रूपन्देहीमा प्रदर्शन गर्दै

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही ल्याउने तयारी हुँदै गर्दा रुपन्देहीमा भने प्रदर्शनको तयारी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लाल आयोगको प्रतिवेदन सार्वजनिक

सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत महशुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार उर्जा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेखा समिति सभापतिलाई प्रश्न– कुलमानमाथिको अनुसन्धान किन बीचमै रोकियो?

सरकारले कुनै डिसिजन (निर्णय) नै गरिसक्यो भने त त्यो विषयमा किन लफडामा लाग्नुपर्‍यो त। परेर न नि। तर मैले अघि भनेका महत्वपूर्ण डकुमेन्टहरू के हुन्छ भन्ने चाहीँ रह्‍यो। कैफियत देखिएको ठाउँमा त केही गर्नुपर्ला। यहाँ जो जिम्मेवार हो त्यो जवाफदेही नभएकाले डेडिकेटेड–ट्रङकलाईन विवाद देखिन्छ, ती कागजात अध्ययन गर्दा।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

मुस्ताङकाे चराङ खोलामा मोटरेवल पुल निर्माण, गाउँपालिका अध्यक्ष विष्टद्वारा उद्घाटन

मुस्ताङकाे लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङ खोलामा पक्की मोटरेवल पुल निर्माण सम्पन्न भएकाे छ। चराङ खोलामा निर्माण भएकाे ८० मिटर लम्बाईको पुलकाे साेमबार गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले उद्घाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उर्जा मन्त्रालयले प्राधिकरणलाई पठायो काटिएको लाइन जोड्ने निर्देशन

सोमबार मन्त्रिपरिषद् बैठकले कात्तिक ८ गते प्राधिकरणले दुई दर्जन बढी उद्योगको काटेको लाइन जोड्न २४ घण्डे अल्टिमेटम दिएको थियो। मन्त्रिपरिषदको अल्टिमेटम सकिँन लाग्दासमेत अहिलेसम्म के हुने भन्नेमा प्राधिकरण निष्कर्षमा पुग्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ