तिहारका लागि ४८ हजार प्रहरी परिचालित
हामीले दसैँ र तिहार दुईवटै चाडपर्वमा जनशक्तिलाई छुट्टी दिएका छैनौँ। अति आवश्यक, बिरामी बाहेकलाई विदा दिइएको छैन। अहिले करिब दसैँमा ६० हजारको हाराहारीमा जनशक्ति परिचालित थिए भने अहिले ४८ हजार जनशक्ति नेपालभर परिचालित हुन्छन्। बिदा नदिएपछि सबै नै परिचालित हुने थियो।
बिएल संवाददाता - काठमाडौं