क्यानडाको टोरन्टोमा ‘जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन-२०२५’ आयोजना हुँदै
‘विश्वभर करिब २६ करोड मानिस जाति, वंश, र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको शिकार भइरहेका छन्। जातिभेद दक्षिण एशियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ,’ सम्मेलन आयोजक समितिका अध्यक्ष डा. द्रोण रसालीले बताए। यस सन्दर्भमा, यस वैश्विक सम्मेलनले जातीय भेदभाव अन्त्य गर्नका लागि उत्कृष्ट अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय संवाद अघि बढाउनेछ। साथै, यो सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारहरू, समुदायहरू, सरोकारवाला निकायहरू, तथा लक्षित समूहहरूको ध्यान जातीय विभेद अन्त्यका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा केन्द्रित गराउने लक्ष्य राखेको छ।
बिएल संवाददाता - काठमाडौं