आइतबार, २४ अगस्ट २०२५

आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने!

स्विडेनका अध्यागमन मन्त्री मारिया मलमार स्टेनगार्डले प्रस्ताव प्रस्तुत गर्दै स्विडेनी संस्कृति मन नपराउने वा यहाँ आत्मसात गर्न नसकेकाहरूले स्विडेन छोड्न सक्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हावाहुरीका कारण झापामा क्षति

गएराति आएको हावाहुरीले ठुलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरू समेत ढलेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो

पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ। विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

मन्दिरबाट फर्कने क्रममा चट्याङ लागेर एक जनाकाे मृत्यु

जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ। चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

बडिमालिका मेला भर्न गएकी खड्काको उद्वार

सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार गरिएको छ। अक्सिजनको कमीले बिरामी परेका अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पवना खड्काको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

आजको मौसमः यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दलित अभियन्ताले सडकमै सुतेर गरे प्रदर्शन (फाेटाे/भिडियाे)

दलितका लागि दलित अभियानले काठमाडौंको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ। सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यातायातमा ‘अधिकार प्रत्यायोजन’ लाइसेन्सको छपाइ अब प्रदेशमै

यातायात क्षेत्रमा सेवाग्राहीले भोग्दै आएको समस्या समाधानका लागि प्रदेश तहले नै आवश्यक कामकारवाही गर्नेगरी संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सात वटै प्रदेशका यातायात मन्त्रीहरुबीच सहमति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साेलुखुम्बुको थामेमा पोखरी फुटेर बाढी आएको पुष्टि (भिडियाे)

बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले हेलिकप्टरमा गरेको अनुगमनका क्रममा पोखरी फुटेर बाढी आएको पुष्टि भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीले गरे ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त छौंः कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन, अख्तियार र सर्वोच्चमा मुद्दा मामिला

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ । स्थापना कालमा ‘मानवअंग प्रत्यारोण केन्द्र’ का रुपमा चिनिएको केन्द्रमा भइरहेको व्यथितिविरुद्ध स्थानीयबासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका श्रृखंलाहरु बाहिर आउन थालेका हुन् । नेपालमा प्रत्यारोपण सेवालाई स्थापित गराएर प्रशंसा कमाएका डा.पुकारचन्द्र श्रेष्ठको कार्यशैली र विवादास्पद निर्णयविरुद्ध स्थानीय विगत एक वर्षदेखि संघर्षरत छन् । यसअघि पनि अस्पताल व्यवस्थापनविरुद्ध कर्मचारी र स्थानीयले पटक पटक आन्दोलन गरेका थिए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धनुषामा डुबेर दुई बालिकाको मृत्यु

धनुषाको मिथिला विहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

१६ लाखभन्दा बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १६ लाख बढी ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

किसानलाई समयमा मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा उनले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: संसदीय छानबिन समितिले लियो दीपेश पुनसँग बयान

शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए। पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थामे बाढीमा १ जना बेपत्ता, अझै गाउँ जोखिममा

सोलुखुम्बुमा आएको बाढीले जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी पस्दा १ जना बेपत्ता भएका छन्। बेपत्ता हुने को हुन् भन्ने परिचय खुलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको शिष्टाचार भेट

उनले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रसंशा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या थप बढाउन पहल गरिदिन संयोजक हाम्डीलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं